गठबन्धनको बलमा इलाम क्षेत्र नं.२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी

गत शनिबार सम्पन्न इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २७,७७२ मत प्राप्त गरि विजयी भएको छन् । नेकपा (माके), विप्लव नेतृत्वको नेकपा र नेपाल परिवार दलको साथ पाएका नेकपा (एमाले)का उम्मेद्वार नेम्वाङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई ५,८३० मतान्तरले पछि पारी विजयी भएर पिता सुवाषचन्द्र नेम्वाङले कायम गरेको विरासत ज‍ोगाएका छन् । यस पटक एक्लै चुनाव लडेका नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले २१,८४२ प्राप्त गरे । अघिल्लो पटक २०७९ मा सत्ता गठबन्धनको बलमा स‍ोही क्षेत्रकाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका ठखड्का जनता समाजवादी पार्टी,नेपाल र राप्रपाको सहयोगमा चुनाव लडेका बिघटित संविधान सभा सदस्य तथा पूर्व सभामुख र पूर्व मन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवाथचन्द्र नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । यो उप-निर्वाचनमा मुडा चुनाव चिन्ह लिएर चुनाव लडेका पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम लिम्वूले ११,४५७ मत पाए भने रास्वपाका मिलनकुमार य‍‍ोङहाङ लिम्वूले ५,०५० मत पाए ।

इलाम क्षेत्र नं.२ मा रास्वपा सहित १० दल र ६ स्वतन्त्र उम्मेद्वारको जमानत जफत

इलाम क्षेत्र नं.२ को यो उप-निर्वाचनमा १,१५,८८९ मतदातामध्ये जम्मा खसेको ६९,२८२ मतको १० प्रतिशत मत पाउन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका लिम्बू सहित १० राजनीतिक दल र ६ स्वतन्त्र उम्मेद्वारको जमानत जफत भएको छ । यो उप-निर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ , नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम लिम्वूको मात्रै जमानत जोगिएको छ ।

यो उप-निर्वाचनमा मंगोल नेेेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्वूले ८१६ , नेकपा (एस)का जीतबहादुर राईले ४०८, राप्रपाका लक्ष्मी गुरुङले ४०४, नेपाली जनता दलका रेशमबहादुर सुनारले २०६, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ११८ , स्वतन्त्र उम्मेद्वार अर्जुनबहादुर शाहीले ५५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहले ४३ ,नेशनल रिपब्लिक नेपालका धनराज राना मगरले ४३, स्वतन्त्र उम्मृद्वार राज बस्यालले ३८, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहानले ३६, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३ , स्वतन्त्र उम्मेद्वार दिनेश बोहोराले २१ , स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले १४, स्वतन्त्र उम्मेद्वार मनोज निरौलाले १२ र स्वतन्त्र उम्मेद्वार योगेन्द्र गुरुङले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *