पोखरा/ व्यापक विरोध भएपछि गण्डकी प्रदेश सरकारले आफूले वार्षिक कार्यक्रममा समावेश गरेका गोबर्धन स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुनरायण धनकुमार श्रेष्ठ परोपकारी ट्रष्ट , डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण , अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेट प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउने जनाएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।