गैर सांसद गोविन्द बन्दी मन्त्री बन्दा समर्थन र विरोध

काठमाडौं/ कानुन व्यवसायी गोविन्द बन्दी उर्फ गोविन्दप्रसाद शर्मा कोइराला बिहीबार एकाएक कानुन,,न्याय तथा संसदीय मामिला मन्त्री बनेसँगै उहाँको समर्थन र विरोध दुबै भएको देखिएको छ । सांसद नरहेका बन्दी नेकपा (एस)को सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रीपरिषद बिस्तार गर्दा मन्त्री बन्नु भएको बताइएको छ । बिहीबार दिउसो प्रधानमन्त्री देउवा सहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएपछि उहाँले कार्यभार समाली सक्नु भएको छ । नेकपा (एस)का नेताहरुले भने कानुनी क्षेत्रका गोविन्द बन्दी सत्ता गठबन्धनको साझा व्यक्ति भएकोले मन्त्री बनाएको बताएका छन् ।

यस अघि गत असोजमा सांसद नरहेका नेपाली कांग्रेसका नेता गजेन्द्र हमाल उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा चर्को बिरोध भएको थियो । त्यही कारण उहाँ मन्त्री पदबाट तत्कालै बाहिरिनु भएको थियो । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आफ्ना नाताले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन भाग मागेको भनेर विरोध भएको थियो । प्रधानन्यायधीश जबरा विरुद्ध त्यहींबाट शुरु भएको विवाद बढेर उहाँको विरुद्धमा अघिल्लो महिना संसदमा महाअभियोग प्रस्ताव दर्ता हुने अवस्थामा पुगेको थियो ।

उद्योगमा देखिएका समस्या समाधान गर्न कोशिस : मन्त्री बडु

कानुन , न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट हटेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी बिहीबार नै सम्हाल्नु भयो नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले । सो मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री बडुले उद्योग, वाणिज्य क्षेत्रका समस्या समाधान गर्न आफूले कोशिस गर्ने सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

Leave a Reply