काठमाडौं/ चिनीया विदेश मन्त्री वाङ यी एक महिना अगाडि संसदबाट पारित भएको एमसीसी सम्झौता बारे मौन देखिनु भएको छ । नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा.नारायण खड्काले एमसीसी सम्झौता विशुद्ध आर्थिक परियोजना भएकोले यसबाट चीनलाई अशर पुग्ने गरी कुनै कृयाकलाप नहुने भनेर आश्वस्त पारे पनि यसबारेमा चिनीया विदेश मन्त्री वाङ नबोल्नु भएको श्रोतको भनाई छ । यसलाई चीन एमसीसी(MCC) सम्झौताको बारेमा सन्तुष्ट नरहेको चिनीया विदेश मन्त्री वाङले संकेत गरेको कतिपय कुटनीतिका जानकारहरु बुझाई रहेको देखिएको छ ।
आफ्नो ३ दिने भ्रमण अन्तर्गत शुक्रबारदेखि नेपालमा रहनु भएका चिनीया विदेशमन्त्री वाङ यीले शनिबार आफ्नो देशको सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको चावी नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटघाट गरेका चिनीया विदेश मन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा.खड्का बीच नेपालबाट चीनमा निर्यात हुने ९८ प्रतिशत बस्तु माथि चीनले भन्सार छुट गर्ने, चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा सेवाका लागि चीनले आफ्ना चिकित्सक पठाउने, नेपालमा चीन – नेपाल बीचको अन्तर्देशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनको लागि चीनले प्राविधिक सहयोग गर्ने , नेपालबाट चीनमा स्वस्थ घाँस सुरक्षित रुपमा निर्यात गर्ने, नेपाल-चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययन गर्न चीनले सहयोग गर्ने ,अरनिको राजमार्ग मार्फतसम्भार परियोजनाको प्रमाण-पत्र हस्तान्तरण, कोभिड १९ को चीन सहायता अन्तर्गत नेपाललाई खोप आपूर्ति र स्वीकृति , चीनले नेपालको रेलवे क्षेत्रमा सहयोग अभिबृद्धि गर्ने सहितका आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी ९ बुँदे समझदारी भएको छ । यसले नेपालको थप हुने दिएको छ तर चिनीया विदेश मन्त्री वाङ यी को यो नेपाल भ्रमणको क्रममा