उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी,नेपाल छाडेकाहरुले अशोककुमार राईको नेतृत्वमा गठन गरेको जनता समाजवादी पार्टीमा २१ दिनभित्र जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि जान सक्ने भएका छन् । निर्वाचन आयोग, नेपालले आज जारी गरेको सूचनामा २१ दिन भित्र इच्छुक प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएका सनाखत गर्न सक्ने उल्लेख छ ।
जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता अशोककुमार राई सहित केन्द्रीय कार्यकारिणी समितिका ८ जना सदस्य र ७ जना सांसद सहितले जसपा नामको पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै अर्थात हिजो नै निर्वाचन आयोग, नेपालले अशोककुमार राईको नेतृत्वमा जसपा दर्ता गर्ने निर्णय गरेको थियो भने त्यस लगतै प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सनाखत सम्बन्धी सूचना जाारी गरिएको हो ।
यता नवगठित जसपाका अध्यक्ष अशोककुमार राईले जनता समाजवादी पार्टी, नेपनलभित्र अध्यक्ष उपेन्द्र यादवसँग कार्यशैली लगायतको विषयको विवाद उत्कर्षमा पुगेर जनता समाजवादी पार्टी, नेपालबाट बिद्रोह गरेर जसपा बनाएको बताउनुभएको छ तर जनता समाजवादी पार्टी, नेपालको आउदो जेठको अन्तिम साता हुन लागेको महाधिबेशन अगाडि एकाएक सो पार्टी छाडेर अशोककुमार राईको नेतृत्वमा जसपा बनाउनु नीतिगत र सिद्धान्तगत मतभेद भन्दापनि सत्तालोलुपता मुख्य कारण रहेको जानकारहरु बताउछन् ।