नाउपाका चौधरी कारागार चलान,एमाले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीको आनाकानी

१० वर्ष अघि थरुहट आन्दोलनको क्रममा ट्याक्टरमा आगजनी गरेको अभियोगमा ६ महिना कैद र ८,२८,४२३ रुपैया जरिवाना सजाय पाएका तर फरार भनिएका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार नेपालगञ्जबाट पक्राउ गरी जिल्ला अदालत , कैलालीमा बुझाएर सोही अदालतको आदेशमा शुक्रबार कारागार चलान गरेको छ तर मधेश आन्दोलनका क्रममा घाइते भएका ससस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन वि.क.लाई उपचारका लागि अस्पताल लादै गर्दा बाटोमै एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेपछि उच्च अदालत, जनकपुरले थुनामा राखेर मुद्धा चलाउन आदेश भएका महोत्तरी क्षेत्र नं.१ बाट निर्वाचित नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीलाई भने प्रहरीले पक्राउ गर्न आनाकानी गरेको देखिएको छ । सांसद कोइरी फरार रहेकोले निजको खोजी भइरहेको प्रहरीको भनाई छ तर कतिपय जानकारहरु भने “नेपाल प्रहरी अपराध अनुसन्धान गर्ने मामिलामा संसारका कुनै पनि देशका प्रहरीको तुलनामा कमजोर नभएकोले नेपाल प्रहरीले पक्राउ गर्न साच्चै चाहेमा सांसद कोइरी मात्रै नभई जोसुकै मानिस पनि जुनसकै बेला जुनसुकै ठाउँबाट पक्राउ पर्न सक्छ । सांसद लक्ष्मी महतो कोइरीलाई राजनीतिक संरक्षण भएका कारण प्रहरीले फरार रहेको भन्दै पक्राउ गर्न नसकेको”, बताउछन् । उस्तै- उस्तै प्रकृतिका मुद्धा लागेका यी दुई सांसद मध्ये १ जना पक्राउ फरी कारागार चलान हुनु र अर्को जना पक्राउ नपर्नुले नेपालको न्याय प्रशासनको चरित्र उजागर भएको उनीहरुको भनाई छ ।

यता आफ्नो पार्टीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरी जैल चलान गरेकोप्रति नागरिक उन्मुक्ति पार्टीले विरोध गरेको छ । सोही पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताको बीचमा बसेर स्थानीय तह तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य प्रतिनिधि सभा सदस्य पदमा चुनाव लड्दै आएका सांसद अरुण चौधरी त्यो बेला फरार नहुनु र अहिले आएर उहाँलाई पक्राउ गर्नु नियोजित षडयन्त्र भएको भन्दै उहाँलाई अविलम्व रिहा गर्नु पर्ने बताउनुभएको छ । सांसद चौधरीलाई पक्राउ गरेको विरोधमा नाउपाका नेता कार्यकर्ताहरुले कैलाली बाहुनियामा बिहीबार विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *