नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अब पुन: समस्या उत्पन्न नहुने गरी नेपालमा नागरिकताको समस्या अविलम्व समाधान गर्नुपर्छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले नेपाली नागरिकताको प्रमाण-पत्र लिन योग्य धेरै जनाले नेपाली नागरिकताको प्रमाण-पत्र नपाउदा

राज्यले प्रवाह गर्ने विभिन्न खाले सेवा र सुविधाबाट
बञ्चित हुनुपरिरहेको तीतो यथार्थ रहेकोले यो समस्या यथाशीघ्र वैज्ञानिक ढंगबाट समाधान हुनुपर्ने बताउनुभयो । नेपाल चीन र भारत जस्ता उच्च जनसंख्या र शक्तिशाली देशका बीचमा रहेकाले नागरिकता जस्तो संवेदनशील विषय राष्ट्रिय सहमतीको आधारमा टुङ्गो लगाउनु पर्ने आवश्यता रहेको उहाँको भनाई छ । एक प्रसङ्गमा उहाँले ‘सन्तान जन्माउने विषय महिलाको अधिकार भएकोले यदी कुनै नेपाली महिलाले म कुनै पनि पुरुषसँग विवाह चाहिँ गर्दिन तर टेष्टट्युव वेवीको माध्यमबाट सन्तान जन्माउछु भनेर सन्तान जन्माइन् भने तिनको सन्तानले कसरी नेपाली नागरिकताको प्रमाण-पत्र पाउने भन्ने समस्या त रहने भो किनभने त्यसरी जन्मेको बच्चाको बाबु को हो भनेर भन्न सकिने अवस्था त रहदैन । त्यसैले यस्ताखाले समस्या नागरिकता विधेयकले समाधान गर्नु पर्दछ’, भन्नुभयो ।

अध्यक्ष कट्टेलले नेपार सरकारले नागरिकता छानविन आयोग बनाई त्यस आयोग मार्फत नागरिकताको छानविन गर्नु पर्ने र उक्त छानविनका क्रममा कुनै गैर-नेपाललीले नेपाली नागरिकताको प्रमाण-पत्र लिएको पाइएमा त्यो नागरिकता खारेज गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंको संयोजक भवानी

नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला मंगलबार काठमाडौंमा सोही पार्टीकी केन्द्रीय समिति सदस्य भवानी के.सी.को अध्यक्षतामा सम्पन्न भयो । उक्त पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख कृष्णहरि भट्ट , बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की , त्यसै समितिका सचिव राजकुमार थापा र केन्द्रीय समिति सदस्य उत्सुक कट्टेलको उपस्थिति रहेको त्यस भेलाले भवानी के.सी.को संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी, काठमाडौं जिल्ला संयोजन समिति पुनर्गठन ग-यो । सोही समितिको सदस्यमा एनके शर्मा, विपिन शर्मा, सरु सिग्देल ,विनोद कँडेल लगायत रहनु भएको जनाइएको छ ।

Leave a Reply