नेकपाक‍ो केन्द्रीय समितिक‍ो बैठक यही जेष्ठ ३२ र असार १ गते बस्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिषट पार्टीको केन्द्रीय समितिको बैठक यही आउदो जेष्ठ ३२ र असार १ गते काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित सोही पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष ऋषि कट्टेलले पेश गर्ने राजनीतिक प्रतिवेदन लगायतका विषय माथि छलफल गरी नया कार्ययोजना निर्माण गर्ने बताइएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा सो पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न भएको छ । पछिल्लो समय यो पार्टीको संगठन निर्माणले थप गति लिएको देखिएको छ ।

Leave a Reply