नेकपाको नाममा हुने अवाञ्छित गतिविधिको प्रतिबाद गर्नुपर्छ : भट्ट

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संगठन विभागले नेपाल कम्युनिष्ट पार्टीबाट निश्कासित व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टीको नाम दुरुपयोग गरी अवाञ्छित गतिविधि गरेको जानकारी प्राप्त भएकोले त्यसको प्रतिबाद गर्न सिङ्गो पार्टी पङ्तीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख कृष्णहरि भट्टद्वारा हस्ताक्षर भई आज जारी भएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । उक्त प्रेस विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।

पार्टीको अनुशासन उल्लङ्घन गरेका कारण कार्वाहीमा परेकाहरूको पार्टी हित विपरितका गतिविधिमा संलग्न रही नेतृत्व समेत गरेको तथ्यको आधारमा पार्टीबाट निश्कासित लोकनारायण सुवेदीले कथित का. वा. अध्यक्षको नाममा हस्ताक्षरित वक्तव्यमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन यही चैत्र ११ र १२ गते हुने भन्ने सामाजिक सञ्जाल र पत्रिकामा देखिएको विषय प्रति नेपाल कम्युनिष्ट पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ ।
पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन विधिवत रूपमा गएको पुस १७ देखि १९ सम्म जनकपुरमा कार्वाहीमा परेकाहरू समेतको सहभागितामा क्रान्तिकारी कम्युनिष्टहरूलाई एकतावद्ध गरौं, संसदवाद र ओविर्सजनवादलाई परास्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि संयुक्त संघर्षको विकास गरौं भन्ने मुल नारा पारित गर्दै क. ऋषिराम कट्टेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै ७५ सदस्य सम्मको केन्द्रीय समिति निर्माण गर्ने र त्यसमा आयोजक समितिका सक्रिय सदस्यहरू र नयाँ केही सदस्यहरू रहेको केन्द्रीय समितिको गठन गरी निर्वाचन आयोगमा यसको सूचना गर्ने कार्यका लागि सम्मेलन हलले निर्वाचित अध्यक्षलाई अख्तियारी दिएको थियो र केन्द्रीय समितिको बैठक चैत्र दोश्रो हप्ता सम्ममा डाक्ने निर्णय गर्दै सम्पन्न भएको सबैलाई ज्ञातै छ । यो निर्णयको विपरित हुने गरी पार्टीको नाममा कामकार्वाही गर्ने अधिकार कसैलाई पनि नहुने हुँदा यस्तो भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्ती, सञ्चार जगत र सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।
यस्ता अवैधानिक र अराजनीतिक गतिविधिहरूलाई परास्त गरी पार्टीको एकतालाई सुदृढ गर्न र यस्ता अवैधानिक र अवाञ्छित कृयाकलाप विरूद्ध सशक्त प्रतिकार गर्न समेत पार्टी पङ्तीलाई निर्देशन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *