काठमाडौं/ संगठन सुदृढीकरणमा लागिरहेको नेकपा(माके)ले देशभरका ६,७४३ वडा मध्ये एकाधमा बाहेक सबैजसो वडा सम्मेलन शनिवार सम्पन्न गरेको छ । चाड पर्व परेका कारण केही वडाको आधिवेशन रोकिएको बताइएको छ । अधिवेशन भएका सबै वडामा सो पार्टीको वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन भएको जनाइएको छ । यही मंसीर ११ गते पालिका र २५ गते प्रदेश सम्मेलनको कार्यतालिका बनाएको त्यस पार्टीको आगामी पुस ११-१३ गते काठमाडौं राष्ट्रिय सम्मेलन हुने भएको छ । वैज्ञानिक समाजवाद निर्माणको दिशामा अगाडि बढ्ने उद्घोष गरेको सो पार्टीको केन्द्रीय कार्यालयले आफ्ना ७ लाख ३४ हजार भन्दा बढी पार्टी सदस्य रहेको बताएको छ ।
