काठमाडौं/ नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा जित्ने निश्चित भएका उम्मेद्वारलाई स्थानीय तहमा उम्मेद्वार बनाउनु पर्ने सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको भनाई रहेको बताइएको छ । बैठकमा अध्यक्ष ओलीले गठबन्धनमा होइन जनसागर र मतदातामा भर पर्नु पर्नेमा जोड दिनु भ एको बताइएको छ । । सो बैठकमा मधेश प्रदेश बाहेकका स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) पहिलो हुने रिपोर्टिङ उक्त पार्टीका प्रदेश कमिटी प्रमुखहरुले गरेको जनाइएको छ । १ नं. प्रदेश कमिटीका अध्यक्ष तुलशीप्रसिद न्यौपानेले त १ नं. प्रदेशका कम्तीमा ८५ वटा स्थानीय तह नेकपा (एमाले)ले जित्ने बताउनु भएको सो पार्टीले जनाएको छ ।
बैठकमा अध्यक्ष र महासचिवको राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल चलिरहेको बताइएको छ ।