नेकपा (एमाले) को संसदीय दलको बैठक बस्तै

काठभाडौं/ नेकपा (एमाले)को संसदीय दलको बैठक आज केही बेरपछि बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह २ बजेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकाले यो अधिवेशनमा आफूले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ । संघीय संसदको यस अघिको अधिवेशनमा संसद अवरुद्ध गरेको नेकपा (एमाले) यो अधिवेशनमा यस बारेमा के गर्छ भन्ने प्रष्ट भएको छैन । कतिपयले भने नेकपा (एमाले)ले संघीय संसदबाट एमसीसी सम्झौता पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावलाई सहयोग गर्ने आँकलन गरेका छन् तर यो विषयमा नेकपा (एमाले)ले भने केही बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *