नेकपाले ग-यो नेतात्रय सुवेदी, मल्ल र जोशीलाई पार्टी सदस्यता समेतबाट निस्काशन

काठमाडौं/ आजबाट जारी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले यही फागुन ३ गते बसेको सो पार्टीको सचिवालयको बैठकले उक्त पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी तथा केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णयलाई अनुमोदन गरेको छ । बैठकमा त्यसै पार्टीका अध्यक्ष ऋषि कट्टेलले राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । बैठक भोलि पुन: बस्ने गरी स्थगित भएको जानकारी प्राप्त भएको छ ।

Leave a Reply