काठमाडौं/ पोखराको कार्यक्रममा सहभागी भई नेपालगञ्जतर्फ जाँदै गर्दा आज बिहान ४:०० बजे दाङको भालुबाङमा प्रहरीले नियन्त्रणमा लिएका नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला सहयोगी अचल मोक्तान र राजेन्द्र साउदसँगै ६ घण्टापछि रिहा हुनुभयो । बुटवलमा बुधबार भएको बम बिस्पोटनमा सम्लग्न भएको आशंकामा सोधपुछका लागि उहाँलाई नियन्त्रणमा लिएका थियौं तर उहाँहरुको निर्वाचन बहिस्कार र बुटवलमा भएको बम बिस्पोटनमा सम्लग्नता नभएको थाहा पाएपछि उहाँलाई सहयोगीका सित छाडिएको प्रहरीले जनाएको छ ।
संयोजक बास्तोलाको गिरफ्तारीको विरोध गर्दै उहाँको रिहाईको माग गरी आजै सोही पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली प्रेस विज्ञप्ति मार्फत अनुरोध गर्नु भएको थियो ।
निर्वाचन बहिस्कार गर्न ५ मजदुर संगठनको आह्वान
भोलि हुने स्थानीय तहको निर्वाचन बहिस्कार गर्न ५ मजदुर संगठनले मतदाताहरुलाई आहृवान गरेका छन् । बुधबार अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना , क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष राजन तिमिल्सिना , अखिल नेपियर क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा , अखिल नेपियर ट्रेड युनियनका इञ्चार्ज कृष्णहरि भट्ट र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघका संयोजक डी.बी. सर्वश्रेष्ठद्वारा हस्ताक्षर गरी प्रकाशित प्रेस विज्ञप्तिमा सो उल्लेख छ ।