नेकपा (माके)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त , सपथ भोलि

अन्तत: नेपाली कांग्रेसलाई जिल्याउदै नेकपा (माके)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएको छ ।

बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीको लागि दावी पेश गरेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ,२०७२ को धारा ७६ को उप-धारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाको छ ।

तेश्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको प्रधानमन्त्री पदको सपथ ग्रहण भोलि हुने जनाइएको छ । भोलि प्रचण्डले चुस्त आकारको मन्त्रीपरिषद गठन गर्ने बताइएको छ ।

राष्ट्रपति नेपाली कांग्रेसेलाई छाडी आलोपालो प्रधानमन्त्री बन्न सहमत भएका प्रचण्डले आफू पहिलो टर्ममा प्रधानमन्त्री बन्न पाउनु पर्ने गरेको दावीलाई नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि आज सो गठबन्धन भत्किएर नयाँ गठबन्धन निर्माण भएको थियो । आज नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवास बालकोटमा नेकपा (एमाले), नेकपा (माके) लगायतका नेताहरु बीच छलफल भएको थियो । त्यो छलफलबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमती भयो । जस अनुसार नेकपा (एमाले) राष्ट्रपति पाउने र ५ वर्षमध्ये साँढे २ वर्ष नेकपा (माके)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुने , सो अवधिमा नेकपा (एमाले)ले सभामुख पद लिने र त्यसपछिको साढे दुई वर्ष नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र सभामुख नेकपा (माके)ले लिने सहमती भएको जनाइएको छ ।

यता आफूहरुसँग सल्लाह नै नगरी नेकपा (माके)का अध्यक्ष प्रचण्ड एकाएक गठबन्धन तोडेर बालकोट पुगेको भन्दै रिसाएका नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको जनाइएको छ तर नेकपा (एमाले)का अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारमा सहभागी हुने बारूमा नेकपा (एस)का नेताहरुसँग कुरा भइरहेको सञ्चारकर्मीहरुलाई बताउनुभएको छ ।

नयाँ गठबन्धन बनेसँगै राष्ट्रपति, उप-राष्ट्रपति , सभामुख , उप-सभामुख , प्रदेश प्रमुख , प्रदेश सरकार , प्रदेश सभामुख र उप-सभामुख यही गठबन्धन दलका नेताहरुको सहमतीमा बन्ने छ ।

नेकपा (एस) का अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दम्भ देखिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *