नेकपा (माके)की तिमिल्सिना सर्केगाड गा.पा.को उपाध्यक्ष र घिमिरे बेलका न.पा.-९ को वडाध्यक्षमा विजयी

आइतबार सम्पन्न उपनिर्वाचनमा हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा नेकपा (माके)की देवकी तिमिल्सिना १,६३६ मत प्राप्त गरि विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सविता बुढाले ५९३ , नेकपा (एमाले)की जाना शाहीले १,१३२ मत पाए ।

यसैगरी उदयपुरको बेलका नगरपालिका वडा नं.९ को वडाध्यक्षमा नेकपा (माके)का भरत घिमिरे ५५९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भरत खड्काले ५२५ , नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४ , जसपाका राजकुमार राईले २०७, रास्वपाका तेजमान विश्वकर्माले ११३ , राप्रपाका टीकाप्रसाद फुयलले २७ र मंगोल नेशनल अर्गनाइजेसनका सुरे तामाङले ५ मत पाए ।

यो उपनिर्वाचनमा नेकपा (माके)ले एउटा गाउँपालिकाको अध्यक्ष , एउटा नगरपालिकाको उपमेयर , दुईवटा गाउँपालिकाको उपाध्यक्ष र ७ वटा वडाको वडाध्यक्षमा विजयी हासिल ग-यो भने यो पटक यस अघि उसले आफूले जितेका ५ वटा वडाध्यक्ष गुमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *