नेकपा (माके)को संसदीय दलको नेतामा प्रचण्ड र राष्ट्रिय सभा दलको नेतामा नारायण चयन

नेकपा (माके)को संसदीय दलको नेतामा सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ । आज दिउसो सिंहदरबारमा बसेको उक्त पार्टीको संसदीय दलको बैठकले सो निर्णय गर्दै त्यस पार्टीको राष्ट्रिय सभा दलको नेतामा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई चयन गरेको बताइएको छ । यस्तै सचेतकमा भने हितराज पाण्डे चयन हुनुभएको छ ।

उक्त पार्टीको संसदीय दलको उप-नेतामा भने पार्टीका उप-महासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ ले दावी गर पछि उप-नेता पछि चयन गर्ने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply