नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग एकता हुने चर्चा चलेपछि त्यसले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्र तरङ पैदा गरेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ बीच पार्टी एकताका विषयमा छलफल भएको खबर सार्वजनिक भएपछि त्यसले नेपाल कम्युनिष्ट पार्टी (एकीकृ समाजवादी)मा हलचल पैदा गरेको छ । नेकपा (एमाले) सहित सबै कम्युनिष्ट पार्टी बीच एकीकरण हुनुपर्ने बताउदै आउनुभएका सोही पार्टीका नेता मुकुन्द न्यौपानेले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भएमा त्यसमा आफ्नो सम्लग्नता नरहने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ तर उक्त पार्टीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच एकीकरण हुने अवस्था नरहेको जानकारी दिनुभएको छ ।
![](https://alagpath.com/wp-content/uploads/2022/12/IMG_20221203_182437.jpg)