सरकारमा रहेका नेकपा (माके) र नेकपा (एस) बीच पार्टी एकताको पहल भइरहेको जनाइएको छ । नेकपा (एस)ले एकताका लागि संयोजन समिति बनाउने बुधबार निर्णय गरिएको बताइएको छ । यसैगरी नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एस)सँग एकताको लागि पहल भइरहेको बताउदै आउनु भएको छ । नेकपा (एस)सँग पार्टी एकताका लागि नेकपा (माके)ले संयोजन समिति बनाउने उहाँको भनाई छ ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भन्दा अडाडि नै ती दुई दल बीच पार्टी एकीकरण सम्पन्न गर्नको लागि पहल भइरहेको बताइएको छ ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र नेसपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको दल नेकपा (माके)को चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडाबाट आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्न सहमत भएका छन् भने नेकपा (माके) र नेसपाले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई जानकारी दिइसकेका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ११६ वटा राजनीतिक दलमध्ये नेकपा (माके) र नेसपा सहितका ८४ वटा राजनीतिक दलले आगामी मंसीर ४ गते हुने चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको बताइएको छ ।