नेपाली कांग्रेसको नेतृत्व चयनका लागि अझै मतदान जारी

काठमाडौं/ नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अझै मतदान जारी छ । आज साँझ ५ बजेसम्म मतदानको समय तोकिएपनि मध्यान्ह १२ बजे मात्रै मतदान शुरु भएकोले मतदानको समय बेलुका ९:०० बजेसम्म थप गरिएको बताइएको छ । केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यको उम्मेद्वारको संख्या धेरै भएकोले मतदातालाई आफूले इच्छाएको उम्मेद्वारको नाम खोजेर मतदान गर्न १५ देखि २५ मिनेटसम्म लाग्ने मतदानमा सहभागीहरुको भनाई छ । प्रदर्शनीमार्ग तथा आसपासका क्षेत्रमा समर्थकहरु आफूले समर्थन गरेका उम्मेद्वारहरुलाई दिनभरी मतदाताहरु समक्ष मत माग्न व्यस्त देखिन्थे भने कतिपय उम्मेद्वारका समर्थकहरु आफूले रोजेका उम्मेद्वारहरुको समर्थनमा नाराबाजी गरिरहेका थिए ।

चुनावमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा पहिलो र दोस्रो हुने २ उम्मेद्वार बीच भोलि नै पुन: निर्वाचन गरिधे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *