काठमाडौं/ नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता समेत रहेका प्रथानमन्त्री शेरबहादुर देउवाले सोही पार्टीको प्रमुख सचेतकमा सांसद चित्रलेखा यादव र सचेतकमा सांसद तथा पूर्व मन्त्री मीन विश्वकर्मालाई नियुक्त गरेको उक्त. पार्टीले जनाएको छ । सो पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँण गृह मन्त्री बनेसँगै प्रमुख सचेतक पद बिगत करिव १ वर्ष अगाडिदेखि रिक्त थियो । प्रमुख सचेतकमा नियुक्त नेतृ चित्रलेखा यादव वि.सं. २०५६ सालमा उप-सभामुख बन्नु भएको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको प्रतिगामी कदमलाई समर्थन गरेका कारण वि.सं. २०६२/०६३ ऐतिहासिक जन-आन्दोलनबाट पुनर्स्थापित संसदमा तत्कालीन उप-सभामुख यादवले सभामुखको भूमिका निर्वाह गर्नु भएको थियो । यसैगरी गत शुक्रबार सम्पन्न प्रतिनिधि सभाको उप-सभामुख पदको निर्वाचनमा उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम विजयी भएपछि नेपाली कांग्रेसको सचेतक पद रिक्त भएको थियो ।