नेपाली कांग्रेसको सभापति पदमा देउवा र कोइराला पुन: भिड्ने, निर्वाचन आजै हुने

नेपाली काँग्रेसको सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत निकालेपछि पुन: पहिलो हुने उम्मेद्वार शेरबहादुर देउवा र दोस्रो हुने उम्मेद्वार डा. शेखरप्रसाद कोइराला बीच पुन: प्रतिस्पर्धा हुने भएको छ । हिजो सम्पन्न निर्वाचनमा ‌सभापति पदका उम्मेद्वार शेरबहादुर देउवाले २ हजार २ सय ५८ , डा शेखर प्रसाद कोइरालाले १ हजार ७ सय २९ , प्रकाशमान सिंहले ३ सय ७१ , विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत पाएका थिए । दोस्रो चरण निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले कसलाई सहयोग गर्छन् भन्ने प्रष्ट भैसकेको छैन । यी तीनजनाको सहयोग देउवा र कोइराला मध्ये जसलाई रहन्छ , उसैले सभापति पदमा बाजी मार्ने देखिएको छ ।
हिजो सम्पन्न सभापति पदको निर्वाचनमा जम्मा ४ हजार ७ सय ४३ मतमध्ये ४ हजार ६ सय ८१ मत खसेको र त्यस मध्ये ७७ मत बदर भएको थियो ।

सभापति पदका २ उम्मेद्वार बीचको निर्वाचन आजै गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply