काठमाडौं/ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टीमा ४० प्रतिशत हिस्सा माग गर्ने निर्णय गरेको बताइएको छ ।बुधबार सो पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा हाम्रो पक्षका साथीहरुलाई बेवास्ता गरी उहाँका पक्षका नेता कार्यकर्तालाई मात्रै बोकेर हिड्न थाल्नु भएकोले आफ्नो पक्षले पार्टीको केन्द्रीय समितिको मनोनयन लगायतमा ४० प्रतिशत हिस्सा पाउनु पर्ने माग गर्ने निर्णय गर्न बाध्य भएको एक नेताको भनाई छ । यसैगरी सो पक्षले केन्द्रीय तहमा नभई स्थानीय आवश्यकताको आधारमा गठबन्धनको नीति लिनु पर्नेमा जोड दिएको बताइएको छ ।
ने.वि. संघ र नेपाल तरुण दलले पाए नेतृत्व
निकै लामो रस्साकस्सीपछि नेपाल कांग्रेसका २ भातृ संगठन ने.वि. संघ र नेपाल तरुण दलले नेतृत्व पाएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र नेपाल तरुण दलको तदर्थ समिति अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गर्नु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उता नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालय सहितमा लामो समयदेखि तालाबन्दी गरिरहेको छ । जसप्रति सो विश्वविद्यालयका कुलपति समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चासो नदिदा उक्त विश्वविद्यालयको काम कारवाही लगायतमा समस्या परेको विश्वविद्यालयका पदाधिकारीहरुको भनाई छ । जानकारहरु भने सरोकारवाला पक्ष बीच वार्ता र संवादको माध्यमबाट जतिसक्तो चाडो समस्या समाधान गर्नु पर्ने बताउछन् ।
मा ग