नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान जारी छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट पुनर्गठन अभियान अगाडि बढिरहेक‍ो बताउनुभएको छ । १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीको मधेश प्रदेश समिति र मकवानपुर जिल्ला संगठन समितिको आय‍ोजनामा हेटौडामा २०८१ बैशाख १९ गते सम्पन्न कम्युनिष्ट पुनर्गठन आह्वान-सभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले ओली- प्रचण्डहरुले कम्युनिष्ट पार्टीको नाममा बद्मासी गरेपनि नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको बताउदै कम्युनिष्ट आन्दोलनकै कारण नेपालको रहेको विचार व्यक्त गर्नुभयो ।

सभामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको नीतिको चर्चा गर्नुभयो । उहाँले ग्रामीण अर्थतन्त्रको अवस्थाको बारेमा प्रकाश पार्दै सामूहिक उत्पादन प्रणालीको आवश्यकतामा जोड दिनुभयो ।

सभामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल किसान यूनियनका संय‍ोजक अर्जुन कार्कीले अन्तर्राष्ट्रिय मजदुर आन्द‍ोलन र नेपालका मजदुर किसानको अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।

सभामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भीम न्यौपानेले कम्युनिष्ट पुनर्गठनको आवश्यकता र औचित्यबारेमा प्रकाश पार्नुभयो ।

सभामा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला समितिका संयोजक अनिल भण्डारीले अन्तत: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बहुदलीय जनवाद मान्ने ठाउँमा पुगेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला समिति संय‍ोजक माननाथ तिमिल्सिनाले अध्यक्षता, केन्द्रीय सदस्य तथा मधेश प्रदेश समिति सचिव विष्णु बरालले सञ्चालन र मकवानपुर जिल्ला समितिका सह-संयोजक मधु बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका उक्त सभामा नेपाल कम्युनिष्ट पार्टीका चितवन संगठन समितिका प्रतिनिधि टंक शर्मा र मकवानपुर जिल्ला कार्यालय सचिव के.बी. श्रेष्ठले नेपालक‍ा कम्युनिष्ट क्रान्तिकारी एकजुट हुनुपर्ने खाँचो औंल्याउनुभयो ।

-यालीपछि सम्पन्न सो सभामा जनकवि पर्शुराम आचार्यले कविता वाचन गर्नुभय‍ भने जनगायक दीपक गौतमले गीत गाउनुभएको थिय‍ो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *