नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न यसका सबै नेता-कार्यकर्ताहरु उच्च मनोबलका साथ लाग्नुपर्छ : अध्यक्ष ऋषि कट्टेल

काडमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शहीद र जन-आन्दोलनका घाइतेहरुले जे उद्देश्यका लागि रगत बगाएका थिए, त्यो उद्देश्य पूरा गर्ने गरी राजनीतिक दलहरु र सरकार लाग्नु पर्ने खाँचो औंल्याउनु भएको छ ।

शहीद दिवसको अवसरमा अलगपथसँग कुरा गर्दै उहाँले शहीदहरुको सपना कसैले बोलेर मात्र पूरा नहुने र शहीदहरु र जन-आन्दोलनका घाइतेहरुको सपना पूरा गर्न राजनीति दलहरु र सरकारसँग दृढ इच्छा शक्ति , त्यस अनुसारको कार्योजना र त्यसलाई कार्यान्वयन गर्ने तत्परता आवश्यक रहेको बताउनुभयो । बिगत केही दिनयता अस्वस्थ रहनु भएका उहाँले कुनै भ्रममा नपरी अघिल्लो महिना सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट पारित भएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई उच्च मनोबलका साथ लाग्न आग्रह गर्नुभयो ।

अनर्गल प्रचारको भ्रममा नपर्न नेपाल कम्युनिष्ट पार्टीको आग्रह

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले केही दिनयता नेपाल कम्युनिष्ट पार्टीको नाममा भ्रम छर्ने गरी अनर्गल प्रचार भएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीद्वारा आज जारी गरिएको प्रेस बिज्ञप्तिमा कोरोना कहर घट्ना साथ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक बसी आवश्यक निर्णय गर्ने उल्लेख छ ।

केही समययता सो पार्टीका उपाध्यक्ष लोकनारायण सुबेदी सहित ८ जना केन्द्रीय सचिवालय सदस्यको नाममा सोही पार्टीका अध्यक्ष ऋषि कट्टेललाई उक्त पार्टीको अध्यक्ष पदबाट हटाइएको भनेर प्रचार गर्ने जस्ता गतिविधि भइरहेको पाइएको छ तर ती आठ जनामध्येका १ जना सत्यनारायण मुखियाले भने आफू त्यस गतिविधिमा सामेल नरहेको बताउनु भएको समाचार प्राप्त भएको छ भने बाँकी ७ जना मध्ये पनि शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई गुटबन्दी र आर्थिक अपचलन गरेको उजुरी परेपछि उक्त पार्टीको केन्द्रीय कार्यालयले २०७८ पुस २६ गते सो पार्टीको सदस्य समेतबाट निम्वलम्बन गरेको थियो । । हाल त्यस पार्टीका १३ जना सचिवालय सदस्य कार्यरत छन् ।

२०७८ पुस १७-१९ गते जनकपुरधाममा सो पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय समितिको बैठक भने सो सम्मेलन सम्पन्न भएफछि ओमिक्रोन भेरियन्टको संक्रमण दर तीब्र गतिमा बढेकाले यसबेला सम्म बसेको छैन भने यस बीचमा न त्यस पार्टीको केन्द्रीय सचिवालयको बैठक नै बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *