नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेकपाका प्रवक्ता प्रकाण्ड बीच भेटबार्ता

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड बीच आज दिउसो भेटवार्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय कपन, काठमाडौंमा उहाँहरु बीच झण्डै २ घण्टा चलेको छलफलमा बर्तमान राजनीतिक घटनाक्रम , पार्टी एकता , कम्युनिष्ट आन्दोलनको विकास , रणनीतिक संयुक्त मोर्चा , राष्ट्रिय स्वाधिनताको प्रश्न लगायतका विषयमा छलफल भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले जानकारी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेल एकीकृत क्रान्तिकारी कम्युनिष्ट आन्दोलन निर्माणको लागि पयत्न गर्दै आउनु भएको छ ।

पार्टी संगठन सुदृढीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टीले पार्टी संगठन सुदृढ गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाएको जनाएको छ । अघिल्लो हप्ता उक्त पार्टीको मधेश प्रदेश समितिको बैठक सोही समित समितिका अध्यक्ष विपत्ती मण्डलको अध्यक्षतामा जनकपुरमा बसेको थियो । सो पार्टीका अध्यक्ष ऋषि कट्टेलले समसामयिक राजनीतिक विषय र पार्टी संगठन निर्माणको आवश्यकताको विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसै पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय कृष्णहरि भट्ट र सत्यनारायण मुखियिको उपस्थिति रहेको त्यस बैठकले मधेश प्रदेशमा सो पार्टीको संगठन सुदृढीकरण र र जनसंघर्षको विकास लगायतका विषयमा छलफल गरी निर्णय गरेको सो पार्टीले जनाएको छ ।

त्यसैगरी गत हप्ता उक्त पार्टीको १ नं. प्रदेश समितिको बैठक सोही समितिका अध्यक्ष सतिलाल चौधरीको अध्यक्षतामा विराटनगरमा बसेको थियो । सोही पार्टीका अध्यक्ष कट्टेलले सो बैठकमा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनु भएको थियो । सो पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय कृष्णहरि भट्ट र रविन्द्र कोइरालाको उपस्थिति रहेको त्यस बैठकले १ नं. प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको संगठन सुदृढीकरण र जनसंघर्षको विकास बारे छलफल गरी निर्णय गरेको जनाइएको छ ।

त्यस्तै त्यस पार्टीको बागमती प्रदेश समिति र गण्डकी प्रदेश समितिले आ-आफ्नो प्रदेशमा पार्टी संगठन सुदृढीकरण र जनसंघर्षको विकासका लागि अगाडि बढ्ने निर्णय गरेको बताइएको छ ।

Leave a Reply