नेपाल बन्दको क्रममा अनेवियू का अध्यक्ष भट्टराई सहितका आन्दोलनकारी पक्राउ

काठमाडौं/ एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ दल र २ मोर्चाले आहवान गरेको नेपाल बन्दप्रति नागरिकहरुले ऐक्यबद्धता जनाएको देखिएको छ । पोखरामा बन्दको क्रममा सडकमा उत्रिएका अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराई, राष्ट्रिय जनमोर्चाका नेता मोहन थापा र अखिल (छैठौं)का कास्की जिल्ला समितिका अध्यक्ष सोम अधिकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिनु भएको छ ।

उता बन्दकै क्रममा प्रहरीको आक्रमणमा परी कञ्चनपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्ता घाइते भएको समाचार प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *