नेपाल भ्रमण रहेका चिनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ राजनीतिक भेटघाटमा

काठमाडौं/ आईतबार ४ दिने नेपाल भ्रमणमा काठमाडौं आएका चिनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ जियानचाओ नेपाली नेताहरुसँग राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ । आईतबार नै उहाँले प्रधानमन्त्री शेरबहादुर देउव र परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग शिष्टाचार भेट गरी सक्नु भएको छ । उक्त ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌भेटमा उहाँले नेपालीज्ञभूमिमा चीन विरोधी गतिविधि हुन नदिन आग्रह गर्नु भएको जनाइएको छ । आज विहान काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्रहालय जानु भएका उहाँले आज साझ नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहालसँग होटल सोल्टीमा राजनीतिक भेटघाट गर्नु हुने बताइएको छ । त्यहाँ दुबै नेता रात्री भोजमा सरिक हुने परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन् । त्यसैगरी सीपीसीका विदेश विभाग प्रमुख लीउले मंगलबार दिउसो नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा लञ्च भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । मंगलबार दिउसो विदेश विभाग प्रमुख लीउले होटल नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको श्रोतको भनाई छ । त्यसैगरी मंगलबार नै उहाँले नेकपा (एमाले) काठमाडौं उपत्यका कमिटी अध्यक्ष तथा सांसद कृष्ण राई र नेकपा (माके)का काठमाडौं उपत्यका कमिटी अध्यक्ष उमेश स्थापितसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय श्रोतको भनाई छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी सीपीसीका विदेश विभाग प्रमुख लीउ स्वदेश फर्किने बताइएको छ ।

छिल्लो पटक नेपालमा चिनीया चासो बढेको देखिएको छ । सीपीसीका विदेश प्रमुख लीउको यो नेपाल भ्रमणको उद्देश्य नेपालमा चीन विरोधी गतिविधि हुन नदिन र नेपाल र चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउन पहलका लागि भएको भएको कतिपय जानकारहरुको भनाई छ ।

Leave a Reply