नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा वीचको सहमती कार्यान्वयन गर्न माग

काठमाडौं/ पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेत‌त्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच भएको ३ बुँदे सहमती अक्षरस: कार्यान्वयन हुनुपर्ने माग नागरिकहरुबाट भइरहेको छ ।

सोमबार उक्त सहमती विपरीत सो पार्टीका महासचिव विप्लव

सहितका नेताहरुलाई ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पूर्जी जारी गरी उहाँहरुलाई जहाँ भेट्यो – त्यहींबाट पक्राउ गर्न आदेश जारी गरेको समाचार सार्वजनिक भएपछि त्यसले राजनीतिक तरङ्ग उत्पन्न गरेको देखिएको छ । यसले नागरिकहरुमा पुन: देश द्वन्दमा धकेलिने पो हो कि भन्ने चिन्ता हुन थालेको छ । ललितपुर जिल्ला अदालतको उक्त आदेशप्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुष्ट बनेको देखिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार र आफ्नो पार्टी बीच भएको ३ बुदें सहमती तदारुपताका साथ कार्यान्वयन भएन भने हामीहरु हातमा दही जमाएर नबस्ने उल्लेख छ ।

यता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले

सरकार र विप्लव नेतृत्वको नेकपा बीच भएको ३ बुँदे सहमती अक्षरस: कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको छ । अलगपथसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गरिरहेको विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि अदालतबाट पक्राउ पूर्जी जारी गरी देशलाई पुन: द्वन्दमा धकेल्ने षडयन्त्र भएको भन्दै त्यस्तो कार्य सम्बन्धित पक्षले अविलम्व बन्द गर्नुपर्छ’, भन्नुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट नेपाल सरकारसँग भएको ३ बुँदे सहमती कार्यान्वयन गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गरिरहेको छ । यतिबेला सो पार्टी सहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) राष्ट्रिय स्वाधिनताको रक्षा , अग्रगमन र जनजीवीकासँग सम्बन्धित विभिन्न समस्या उठान गरी त्यसको समाधानका लागि संयुक्त संघर्ष गरिरहेका छन् । देशका विभिन्न स्थानमा यही साउन १३ कोण सभा र साउन १५ गते मसाल जुलुस

प्रदर्शन गरेका ती दलले यही साउन १८ गते काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।

………………………………………………………………………….

Leave a Reply