भक्तपुर/ गत बुधबार अपरान्ह ३:४५ बजे उपचारको क्रममा निधन हुनुभएकी नेपाल मजदुर किसान पार्टीकी नेतृ तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारामणमान बिजुक्छेकी श्रीमती शोभा प्रधानको आज दिउसो १ बजे भक्तपुरको इनाग (सिद्धपोखरी)बाट अन्तिम श्रद्धाञ्जली कार्यक्रम शुरु हुने सो पार्टीले जारी गरेको शोक विज्ञप्तिमा जनाइएको छ ।


उहाँको निधनप्रति नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराई , नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट लगायतले नेमकिपाकी नेतृ दिवंगत शोभा प्रधानको शोक व्यक्त गर्नु भएको छ ।
………………………………………………………………………….

