पूर्व अर्थमन्त्री शर्मा माथिको संसदीय छानविन समितिले थाल्यो काम

काठमाडौं/ एक पछि अर्को विवादमा तानिएका कारण राजिनामा दिन बाध्य बनेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि छानविन गर्न गठित संसदीय समितिले आफ्नो काम थालेको जनाएको छ । सो समितिले अर्थ मन्त्रालयसँग आवशयक कागजात माग्ने निर्णय गरेको बताइएको छ । काम थालेको १० दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने अख्तियारी पाएको छ त्यस समितिलाई । यस अगाडि बनेका समितिहरुले जस्तै यो समितिले पनि कतै झारा मात्रै टार्ने पो कि हो कि भनेर सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेको पाइएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत जेठ १४ गते मध्यराती अर्थ मन्त्रालयमा २ जना व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको र त्यस रातको सीसी क्यामेरा फुटेज हटाएको भन्ने विषयमा सदन र सडकमा व्यापक विरोध भएपछि शर्माले अर्थमन्त्री पदबाट राजिनामा दिनु भएको थियो तर यी विषयमा आफ्नो कुनै सम्लग्नता नरहेकोले आफू निर्दोष रहेको पूर्व अर्थ मन्त्री शर्माले बताउदै आउनु भएको छ ।

उक्त रात ती दुई व्यक्तिको अर्थ मन्त्रालय प्रवेशसँगै केही व्यापारीलाई फाइदा हुने गरी बजेटमा राजश्व र करका दर परिवर्तन गरिएको भन्ने समाचार सञ्चार माध्यमबाट सम्प्रेषण भएपछि त्यसको चर्को विरोध भएको थियो ‌

यता अर्थ मन्त्री शर्मा पदबाट सटेसँगै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गरेका अर्थ मन्त्री विवादित बनेर पदबाट हटेकाले उनले बनाएको यो बजेट खारेज गरी नयाँ बजेट बनाउनु पर्ने माग गर्नु भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले सो माग गर्नु भएको थियो ‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *