पौडेलको नेतृत्वमा ५ दलको चुनावी गठबन्धन कार्यदल गठन,गठबन्धनको विषयमा कांग्रेस भित्र मतभेद

काठमाडौं/ आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका लागि मंगलबार बालुवाटारमा बसेको ५ दलीय सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय कार्य समिति सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माके)का नेताद्वय वर्षमान पुन र देवप्रसाद गुरुङ , नेकपा (एस)का महासचिव बेदुराम भुषाल र उप-महासचिव विजय पौडेल , जसपाका वरिष्ठ नेता अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी रहनु भएको बताइएको छ । बैठकले यही चैत्र २५ गते भित्र आ-आफ्ना पार्टीका मातहत समितिलाई केन्द्रमा समग्र परिस्थितिको रिपोर्ट पठाउन निर्देशन गरेको छ ।

सो गठबन्धनमा रहेका दलहरुले आफूलाई अनुकुल हुने गरी चुनावी गठबन्धन र तालमेलको प्रस्ताव गरेको बताइएको छ तर नेपाली कांग्रसेले भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसले जुन पालिकामा प्रमुख जितेको छ, उसले प्रमुख लिने र नेकपा (एमाले)ले जितेका पालिकामा दोस्रो हुनेले दलले प्रमुख र तेस्रो हुने दलले उप-मेयर लिने भनी प्रस्ताव गरेको तर त्यसमा सहमती हुन भने नभएको बैठकमा सहभागी नेताहरुको भनाई छ ।

यता नेपाली कांग्रेसले आफ्ना मतहत समितिलाई स्थानीय तहको निर्वाचनका उम्मेद्वारको नाम सार्वजनिक नगर्न निर्देशन गरेको जनाएको छ । चुनावी गठबन्धनलाई लिएर सो पार्टी भित्र तीव्र मतभेद रहेको देखिएको छ ‌। त्यो मतभेदलाई साम्य बनाउन नेताहरुले प्रयास गरिरहेको बताइएको छ ।

जसपा र लोसपाको तालमेलको सम्भावना ट-यो

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तालमेल गरी मधेश प्रदेशका स्थानीय तहको निर्वाचनमा पकड कायम गरेका जसपा र लोसपाले यस पटकको स्थानीय तहको निर्वाचनमा भने तालमेल नगर्ने भएका छन् । ती पार्टीका नेताहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने सम्भावना टरेको बताएका छन् ।

उपेन्द्र यादव नेतृत्व संघीय समाजवादी पार्टी र महन्त ठाकुर नेतृत्व राष्ट्रिय जनता पार्टी बीच एकता भ एर जनता समाजवादी पार्टी बनेको थियो तर एक वर्ष अगाडि जसपा विभाजन भएर लोसपा बनेको थियो । त्यसको तुस ती दलका नेताहरुमा अझै कायम रहेको जानकारहरु बताउछन् ।

Leave a Reply