प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहणमा छुटेका ४ सांसदको सपथ पछि

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणमा धेरैजसो सांसदहरु राष्ट्रिय तथा आ-आफ्ना जातीय भेषभुषामा उपस्थित भए । २६ जना सांसदले भने नेपाली भाषा बाहेकका भाषामा सपथ ग्रहण गरे । आजको सपथ ग्रहणमा प्रतिनिधि सभाका नवनिर्वाचित ४ जना सांसदहरु अनुपस्थित भए तर उहाँहरुलाई पछि पद तथा गोपनियताको सपथ ग्रहण गराउने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित जेष्ठ सदस्य पशपति शमशेर जबराले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो ।

नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण पछि आजै संघीय संसद सचिवालयले चियापान कार्यक्रम आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *