प्रतिनिधि सभाको बैठक आज बस्तै

काठमाडौं / आज दिउसो १ बजे संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । त्यो बैठकमा एमसीसी सम्झौता टेवल हुने हो कि होइन भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसीर २८ गते संघीय संसदको अधिवेशन आहान गरे अनुरुप प्रतिनिधि सभाको बैठक सो दिन बसेको थियो । नेकपा (एमाले) को एमालेको अवरोध बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले सो बैठक शुरु गर्नु भएको थियो । राष्ट्रपति कार्यालयबाट प्राप्त बाचन गर्ने कार्य सम्पन्न गरेपछि अध्यादेशहरु टेवल गरेर सभामुख सापकोटाले उक्त बैठक आजसम्मका लागि स्थगित गर्नु भएको थियो । आजको बैठकमा नेकपा (एमाले) ले प्रतिनिधि सभाको बैठकमा के गर्छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

एमसीसी सम्झौता टेवल गरी पारित गर्ने उद्देश्यले यो संसदको आह्वान गरेको भन्दै एमसीसी सम्झौता खारेजीको माग गर्दै गत मंसीर २८ गते नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रामा, नेपाल कम्युनिष्ट पार्टी , नेकपा (मसाल), नेकपा (माले) , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संसद भवन घेराउ गर्न निशेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मी र प्रदर्शनकारी बीच झडप भएको थियो । त्यसक्रममा सुरक्षाकर्मीले केही प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो भने सुरक्षाकर्मीले बल प्रयोग गर्दा ७५ जना भन्दा बढी प्रदर्शनकारी र १ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *