प्रतिनिधि सभाको बैठक फागुन ६ गते बस्ने गरी स्थगित

काठमाडौं/ लामो समयपछि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठक केही बसेर फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा(एमाले) का सांसदहरुको अवरोध र नाराबाजीका बाबजुद बसेको सो बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिबेदन पेश गर्नु भएको थियो । त्यस बैठकले पूर्व सांसद लक्ष्मीदास मानन्धर तथा संविधान सभा सदस्यद्वय जगतबहादुर ताजपुरिया र डा.दुमन थापाको निधनप्रति एक मीनेट मौनधारण गरी शोक प्रस्ताव पारित गरेको थियो ।

एमसीसीको विरोधमा नयाँ बानेश्वर तनावग्रस्त

संसदमा आज एमसीसी सम्झौता संसदमा केवुल गर्ने गरी सरकारले तयारी गरेपछि त्यसको विरोधमा उत्रिएका नेकपा (माके)का जनबर्गीय संगठनको विरोधका कारण नयाँबानेश्वर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । सो विरोधमा उत्रिएका प्रदर्शनकारीहरु माथि सुरक्षाकर्मीले बल प्रयोग गरेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

नेमकिपाले पनि ग-यो सम्झौता बिरुद्ध विरोध प्रदर्शन

एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग भन्दै नेपाल मजदुर किसान पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सो पार्टीका नेता कार्यकर्ताहरुले कोटेश्वरमा जम्मा भएर एमसीसी सम्झौताको विरुद्ध विरोध प्रदर्शन गरेका थिए । प्रतिनिधि सभामा एक जना सांसद रहेको उक्त पार्टीले सदन र सडकमा एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *