प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्म स्थगित

काठमाडौं/ २०७८ माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी तय भएको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक विशेष कारणबस सो दिन र समयमा नबस्ने गरी स्थगित भई आउदो फागुन २ गते दिनको १:०० बजे बस्ने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आज सूचना जारी गरी सो जानकारी दिनु भएको हो । सरकारको अनुरोधमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक आउदो फागुन २ गते दिनको १:०० बजे बस्ने गरी स्थगित गरेको विशेष स्रोतले जनाएको छ ।

बुधबार बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठकमा एमसीसी (MCC) सम्झौता टेवल गर्ने चर्चा चलेपछि ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले बुधबार दिउसो बिरोध कार्यक्रम गर्ने भएका छन् ।

यता कनकमणि दीक्षित,अर्जुन कार्की लगायतका १४ जना नागरिकले सभामुख सापकोटाले पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको भन्दै उहाँलाई हटाउन माग गरी संयुक्त विज्ञप्ति जारी गरेका छन् । त्यसलाई नजिकबाट बुझेका जानकारहरुले भने उनीहरुले आफ्नो स्वविवेकले नभई एमसीसी(MCC) सहितका दाताको नुनको सोझो गरी उनीहरुले यो विज्ञप्ति जारी गरेकाले उनीहरुले भन्दैमा पदबाट राजिनामा नगर्न सभामुख सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले एमसीसी सम्झौता संसदमा टेवल नगरेकोले उहाँलाई हटाउनु पर्ने एमसीसी सम्झौताका समर्थकको चाहना रहेको देखिन्छ । यदी सापकोटा सभामुख पदबाट हटेमा लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुरले सभामुख चयन नहुदासम्म प्रतिनिधि सभाको जेष्ठ सदस्यको हैसियतले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने र त्यही समयमा (MCC) सम्झौता संसदबाट सजिलै पास गर्न सक्ने अबस्था निर्माण हुने बिश्वासका साथ सापकोटालाई सभामुख पदबाट हटाउने उद्देश्यले त्यो कार्य गरेको भन्दै त्यसको नागरिकहरुले विरोध गरेको देखिएको छ ।

Leave a Reply