प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने, एमसीसी सम्झौता बिरुद्ध ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले विरोध प्रदर्शन गर्न

काठमाडौं/ यही फागुन २ गते बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक नेकपा (एमाले)को आग्रहमा यही फागुन ४ गते दिनको १ बजे बस्ने गरी २ दिन पछि सारेको जानकारी प्राप्त भएको छ ।

फागुन २ गते नेकपा (एमाले)ले आफ्नो पार्टीको १ नं. प्रदेश अधिवेशन आयोजना गरेकाले सबैजसो नेता कार्यकर्ताहरु त्यही उपस्थित हुने भएकोले प्रतिनीधि सभाको बैठक सार्न सार्न सभामुखलाई आग्रह गरेको सोही पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भएको थियो ।

प्रतिनिधि सभाको उक्त बैठकमा एमसीसी सम्झौता टेवल गर्ने तयारीमा सरकार लागेको भन्दै ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा एमसीसी (MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्नु पर्ने माग गर्दै काठमाडौंमा यही फागुन ४ गते संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाको आज बसेको संयुक्त बैठकले सो निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *