प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री यादव पद मुक्त

मधेेश प्रदेश सभाबाट विश्वासको पाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री सर‍ोजकुमार यादव पदमुक्त हुनुभएको छ । आज बसेको मधेश प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालका नेता समेत रहेका मुख्यमन्त्री यादवको पक्षमा ५० मत मात्र परेको बताइएक‍ो छ । मुख्यमन्त्री यादवको पक्षमा ५४ प्रदेश सभा सदस्यक‍ो समर्थन आवश्यक थियो । १०६ सदस्य रहेको मधेश प्रदेश सभामा १०३ जना प्रदेश सभा सदस्यको मात्र उपस्थिति रहेको थियो । मुख्यमन्त्री यादवले मधेश प्रदेश सभाको बैठकमा पेश गरेको विश्वासको मतको पक्षमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,नेपाल, ल‍ोसपा र राप्रपाका मधेश प्रदेश सभा सदस्यले र विपक्षमा नेकपा (एमाले), नेकपा (माके), जनमत पार्टी, नेकपा (एस), नाउपा र संघीय समाजवादी पार्टीका प्रदेश सभा सदस्यले व मतदान गरेका थिए ।

आफू नेतृत्वको मधेश प्रदेश सरकारको पक्षमा बहुमत नपुग्ने नदेखेपछि जनता समाजवादी पार्टी, नेपालले मुख्यमन्त्री यादवले मधेश प्रदेश सभाबाट विश्वास मत लिने समय सार्न प्रयास गरेपनि मधेश प्रदेश सभाका सभामुखले त्यसलाई अस्वीकार गरेको बताइएको थियो ।

मुख्यमन्त्री यादव पदमुक्त भएसँगै २०७४ सालदेखि मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएको जनता समाववादी पार्टी, नेपाल पहिलो पटक मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

अबको मधेश प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्ने कि जनमत पार्टीले गर्ने भन्ने बहस शुरु भएको छ । यी दुबै दलले मधेश प्रदेशको मुख्यमन्त्री आफूले पाउनु पर्नमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *