प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका १८८ सांसदको समर्थन

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभाबाट केहीबेर अगाडि विश्वासको मत लिनुभएको छ । आज बसृेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे बाहेक उपस्थित २६३ सांसदमध्ये १८८ सांसदले प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा मत दिए भने ७४ जना सांसदले विपक्षमा मतदान गरे भने मत दिन्न भन्ने पक्षमा नेमकिपाका सांसद प्रेम सुवालले मतदान गरे ।

प्रतिनिधि सभाको ब‌ठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री आफू गलत काम नगर्न् र गलत काम गर्न पनि नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको नियुक्ति विरुदधको मुद्धा संवैधानिक इजालासमा

गत असार ३० गते नेपालको संविधान, २०७२ को धारा ७६ (२) बमोजम राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको कार्य असंवैधानिक भएको भन्दै सर्वोर्च अदालतमा दायर भएको मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजालासमा पठाइएको छ । उक्त मुद्धाको सुनुवाई गर्दै न्यायधीश बालकृष्ण ढकालको इजालासले यो मुद्धामा संवैधानिक व्याख्या आवश्यक देखिएकोले यसलाई संवैधानिक इजालासमा पठाउने आदेश दिएको बताइएक‍ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *