बिगत केही दिनदेखि सडक , गल्ली तथा घरघरमा थुप्रिएको फोहोर नउठेपछि यही फोहोरका कारण हैजा फैलिने पो हो कि भन्ने काठमाडौंबासीहरुमा त्रास बढ्न थालेको देखिएको छ । बर्षातको समयको भएकोले सडकमा थुप्रिएको फोहोरबाट हैजा फैलिने हो कि भन्ने डर लाग्न थालेको काठमाडौंको तिनकुनेस्थित ट्रिटन इण्टरनेशनल स्कूलकी शिक्षिका सीता निरौलाको भनाई छ ।
काठमाडौं महानगरपालिका सहितका स्थानीय तहहरु र सिस्डोल तथा बञ्चरेडाँडा आसपासका बासिन्दा बीच यस अघि शहरी विकास मन्त्रालयको रोहवरमा भएको सहमती पालना नभएको भन्दै सिस्डोल तथा बञ्चरेडाँडा आसपासका बासिन्दा बीच भएको सहमती पालना नभएको भन्दै सिस्डोल तथा बञ्चरेडाँडा आसपासका बासिन्दाले बञ्चरेडाँडामा फोहोर फाल्न अबरोध गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठ्न सकेको छैन ।
यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह काठमाडौंको फोहोर व्यवस्थापनमा लाग्नुको साटो सार्वजनिक बाटा भत्काउने जस्ता कार्यमा लागेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख साहले आफूलाई समर्थन गराउन केही सञ्चार माद्यम र पत्रकार तथा व्यक्तिका नाममा खुलेका केही प्रतिष्ठानलाई पैसा बाढेको भन्दै त्यसको चर्को विरोध भइरहेको छ ।