बिस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुग्दा पनि टुंगिएन शान्ति प्रक्रियाका बाँकी काम

काठमाडौं / २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलन सम्पन्न भएपछि ७ दलीय गणबन्धनको तर्फबाट बनेको नेपाल सरकार र १० वर्षै ससस्त्र माओवादी जनयुद्धको नेतृत्व गरेको नेकपा(माओवादी) बीच बिस्तृत शान्ति सम्झौता भएको आज १५ बर्ष पुगेको छ तर सो सम्झौतामा उल्लेखित केही कार्य हुन बाँकी नै छन्, जसका कारण उक्त सम्झौताले पूर्णता पाउन सकेको छैन । २०६३ मंसीर ५ गते औपचारिक रुपमा नेपाल सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यस सम्झौता-पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सो सम्झौताका महत्वपूर्ण केही बुँदा :

त्यस सम्झौतामा उल्लेख भए अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन भएपनि तिनले समयमा नै उद्देश्य अनुरुपको काम गर्न सकेका छैनन् । तिनले प्रभावकारी रुपमा काम गर्न नसक्नुमा तत्कालीन नेकपा (माओवादी) बिभाजन भई बिभिन्न दल तथा समूह बन्नु , मुलुकमा द्वन्दको खेती गर्न चाहनेहरुले शान्ति प्रक्रियाका बाँकी कार्य टुङ्गोमा पुग्न नदिन तगारो बन्ने गरेको जस्ता कारण रहेको देखिन्छ तर देशभक्त र परिवर्तन पक्षधर नेपाली नागरिकहरु भने शान्ति प्रक्रियाका बाँकी कार्य जतिसक्यो चाडो टुङ्ग्याएर समाजमा द्वन्दले बनेका घाऊ निको बनाउने गरी अग्रगमी कार्य गर्नु पर्नेमा जोड दिइरहेका छन् ।

Leave a Reply