काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धको जन्मस्थल लुम्विनी, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान गया , गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञान बढ्न शुरु गरेको स्थान सारनाथ र गौतम बुद्धको निधन भएको स्थान कुशीनगरलाई बुद्ध सर्किट बनाएर नेपाल र भारत बीच पर्यटन प्रवर्द्धन गर्नु पर्ने प्रस्ताव गर्नु भएको छ । प्रधानमन्त्री देउवाले बुधबार भर्चुअल माध्यमबाट श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमष्टेकको ५औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुद्ध सर्किट निर्माण गरी नेपाल र भारतमा पर्यटन प्रवर्द्धन गर्नु पर्ने विषय शसक्त ढंगबाट अगाडि बढाउनु भएको थियो तर मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी ताप्लेजूङमा निधन भएपछि ओझेलमा परेको यो प्रस्ताव पहिलो पटक प्रधानमन्त्री देउवाले बिमष्टेकको पाँचौँ शिखर सम्मेलनमा यो विषय उठान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
प्रधानमन्त्री देउवाले त्यस अवसरमा कोरोना महामारी लगायतका समस्या बिमष्टेकका सबै सदस्य राष्ट्र मिलेर समाधान गर्नु पर्ने खाँचो औंल्याउनु भएको थियो । त्यस अवसरमा उहाँले बढ्दै गएको जलवायु परिवर्तनको समस्या नियन्त्रणका लागि सबै लाग्नु पर्ने खाँचै भएको थियो । सो सम्मेलनमा परराष्ट्र मन्त्री डा.नारायण खड्का भने भौतिक रुपमा उपस्थित हुनुहुन्छ ।