बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्नेछ : शर्मा

काठमाडौं/ नेपाली कांग्रेस (वी.पी.)का बरिष्ठ उप-सभापति गोविन्दप्रसाद शर्माले ‘अब छिट्टै बृहत प्रजातान्त्रिक शक्ति निर्माणको नेतृत्व नेपाली कांग्रेस (वी.पी.)ले गर्ने छ र यसको यसको तयारी भइरहेको छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले देशका ६० भन्दा बढी जिल्लामा संगठन बिस्तार गरेको नेपाली कांग्रेस (वी.पी.)का १५४ जना उम्मेद्वारले यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा करुवा चुनाव चिन्हबाट चुनाव लडेका र त्यसमध्येमा डडेलधुरा जिल्लाका २ वडा जितेको बताउनुभयो । राष्ट्रियता , प्रजातन्त्र र समाजवादलाई मुख्य आदर्श मानेर अगाडि बढेको नेपाली कांग्रेस (वी.पी.)ले संघ र प्रदेशको निर्वाचनमा सबै ठाउँमा उम्मेद्वारी दिने तयारी गरिरहेको उहाँको भनाई छ । नेपाली कांग्रेस (वी.पी.)ले देशलाई आत्मनिर्भर बनाउन सहकारी तथा समूह मार्फत उत्पादनमा जोड दिने नीति लिएको उहाँको कथन छ ।

एमसीसी सम्झौताको खारेजीको माग गरिरहेको सो पार्टीको सभापति सुशिलमान शेरचन , संस्थापक नेता हरिबोल भट्टराई , बरिष्ठ उप-सभापति गोविन्दप्रसाद शर्मा सहित १५ जना पदाधिकारी र १०५ सदस्यीय केन्द्रीय कार्य समिति रहेको उक्त दलले जनाएको छ ।

गणतन्त्र , संघीयता र धर्मनिरपेक्षताको खारेजी तथा धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने र धार्मिक पर्यटनको विकास गर्ने नीतिको पक्षमा नेपाली कांग्रेस (वी.पी.) रहेको सोही पार्टीका बरिष्ठ उप-सभापति शर्माको थप भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *