भण्डारी मन्त्री बनेसँगै एमाले कोशी प्रदेश प्रमुख सचेतकको जिम्मा लिङ्थेपलाई

नेकपा (एमाले)का कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारी सोमबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेसँग रिक्त नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकको जिम्मा संखुवासभा (ख) क्षेत्रबाट प्रतिनिधित्व गरिरहेका नेकपा (एमाले) का कोशी प्रदेश सभा सदस्य विदुर लिङ्थेपले पाएका छन । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) क‍ोशी प्रदेश सभा दलका नेता हिक्मतकुमार कार्कीले लिङ्थृपलाई सोमबार नै उक्त जिम्मेवारी दिएका हुन् ।

विद्यार्थी राजनीति हुँदै नेकपा (एमाले)को सक्रिय राजनीतिमा लागेका लिङ्थेप २०७४ देखि २०७९ सालसम्म संखुवासभाको मादी नगरपालिकाको नगर प्रमुख थिए । विद्यार्थी कालमा उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्व.वि.यु.को सचिव समेत भएर काम गरेका थिए ।

यता कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले सोमबार नै कोशी प्रदेश प्रमुख परशुराम खापुङबाट मन्त्री पदको पद तथा गोपनियताको सपथ लिई मन्त्रालयको कार्यभार सम्हाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *