मदन-आश्रितको हत्या भएको २९ वर्ष पूरा, भएन दोषी माथि कारवाही

काठमाडौं / २०५० साल जेठ ३ गते साँझ पोखराबाट भरतपुरतर्फ जादै गर्दा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा त्रिसुली नदीमा जीप दुर्घटनामा परी रहस्मय ढंगबाट मृत्यु भएको २९ वर्ष पूरा भएको छ । नेकपा (एमाले)ले सो घटनालाई रहस्यमय हत्या हो भनिरहेको छ तर २०५० सालपछि सो पार्टीका ४ जना नेता प्रधानमन्त्री र मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी ,२०७२ सालदेखि मुलुकको राष्ट्रपति हुदापनि कसैले पनि यसबेलासम्म सो घटनाको छानविन गरी त्यसमा सम्लग्न दोषी उपर कारवाही गर्न चासो दिएका छैनन् । नेकपा (एमाले) र नेकपा (एस)ले नेता मदन भण्डारी अगाडि सारे भण्डारीले अगाडि सारेको विचार अनुरुप अगाडि बढिरहेको बताइरहेका छन् । कतिपय मानिसहरु भने नेकपा (एमाले) र नेकपा (एस)ले नेताद्वय मदन भण्डारी र जीवराज आश्रितलाई सत्तामा पुग्ने भ-याङको रुपमा मात्रै उपयोग गर्ने गरेको तर नेताद्वय भण्डारी र आश्रितले अगाडि बढाएको नीति , विचार र संस्कृतिलाई बेवास्ता गरेको बताउने गरेका छन् । जनताले भने दासढुंगा हत्याकाण्डका हत्यारालाई कारबाही नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटृटेल २०५० जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटना रहस्यमय भएको र त्यहाँ नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सामान्य मृत्यु नभई हत्या भएको तथ्यले पुष्टि गरेको बताउनुहुन्छ ।

Leave a Reply