मधेश प्रदेशमा एमाले, माके, जनमत पार्टी र लोसपाको गठबन्धन बन्यो , जसपा, नेपाल सरकारबाट बाहिरिदै

मधेश प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माके) बाहिरिएका छन् । सरकारबाट बाहिरिएसँगै आज नेकपा (एमाले), नेकपा (माके), जनमत पार्टी र लोसपाको नयाँ गठबन्धन बनेको बताइएको छ । नयाँ गठबन्धन बनेसँगै २०७४ सालदेखि मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी,नेपाल मधेश प्रदेश सरकारबाट बाहिरिने निश्चित भएको छ ।

४ दलको गठबन्धन बनेसँगै मधेश प्रदेशमा नयाँ सरकार बन्ने भएपनि नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागिनसकेको नेताहरुले बताएका छन् । मधेश प्रदेशको नयाँ बन्ने सरकारमा अशोक राई नेतृत्वको जसपा पनि सहभागी हुन सक्ने जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *