मन्त्रीपरिषद पुनर्गठन भएसँगै जसपाभित्र बढ्यो अन्तर्विरोध

काठमाडौं/ जनता समाजवादी पार्टी, नेपालको सिफारिसमा आज प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद पुनर्गठन भएसँगै जनता समाजवादी पार्टी भित्र अन्तर्विरोध बढेको देखिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगबाट सरकारमा रहेका आफ्नो पार्टीका ४ मध्ये ३ मन्त्रीलाई फिर्ता बोलाएर ३ जना नयाँ अनुहारलाई सरकारमा पठाएपछि जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष थप असन्तुष्ट बनेको छ । सो पक्षले पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी मनोमानी गरेको भन्दै त्यसको विरोध गरेको छ । सोही पार्टीको डा.भट्टराई पक्षीय नेता गंगानारायण श्रेष्ठले आफूहरुले जसपाको केन्द्रीय कार्यकरिणी समितिको बिस्तारित बैठक बोलाउने भनी सार्वजनिक अभिव्यक्ति दिनुभएको छ तर पार्टी अध्यक्ष यादवले भने सांसदहरुको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार आफ्नो पार्टीका मन्त्री हेरफेर गरेको सार्वजनिक अभिव्यक्ति दिनु भएको छ । जसपाको सिफारिसमा मन्त्री बनेका ३ जनाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आजै पद तथा गोपनीयताको सपथ ग्रहण तोकिएको गरी आ-आफ्नो मन्त्रालयमा गएर मन्त्री पदको कार्यभार सम्हालेका छन् । जसमा मोहमद इस्तियाक राईले भौतिक पुर्वाधार , मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपङ्छी र प्रदीप यादबलाई वन तथा वातावरण मन्त्रारयको कार्यभार सम्हाल्नु भएको छ । भौतिक पुर्वाधार मन्त्री रेणु यादब , कृषि तथा पशुपङ्छी मन्त्री महेन्द्र राय यादव र वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादबलाई सरकारबाट फिर्ता बोलाइएको थियो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई संघीयता कार्यान्वयनको विषय बाँकी नै रहेकोले मन्त्रीबाट फिर्ता नबोलाएको सो पार्टीले जनाएको छ ।

जसपाका अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा.भट्टराई पक्षको गतिविधि हेर्दा अब ती दुबै पक्ष एउटै पार्टीमा रहलान् भनेर भन्न कठिन देखिएको छ । मन्त्रीपरिषद पुनर्गठनसँगै अध्यक्ष यादव सो पार्टी भित्र बलियो बनेको जानकारहरु क्षमा छन् ।

Leave a Reply