मानव तस्करी आरोपमा पूर्व मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेर विवादमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका पूर्व मन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेको जनाइएको छ । नेपाल प्रहरीले उनलाई आजै अपरान्ह २ बजे काठमाडौं पठाउने प्रहरी अधिकारीको भनाइ छ ।

मन्त्रीपरिषदको अनुमती नलिई खुसुक्क यही कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्राञ्जिट हुँदै जापान गएका अधिकारी सहित रसुवाका कञ्चन देवकोटा तथा खोटाङका जनक राई र दावा शेर्पालाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको थियो । जापानबाट फिर्ता भएर नेपाल फर्किएपछि आफूसँगै जापान पुगका देवकोटा, राई र शेर्पालाई प्रहरीले पक्राउ गरेपनि तत्कालीन मन्त्री अधिकारी भने सानका साथ विराटनगर पुगेका थिए । मोरङ क्षेत्र नं.२(ख) बाट निर्वाचित नेकपा (एमााले]का कोशी प्रदेश सभा सदस्य अधिकारीले आफूलाई नियोजित ढंगबाट फसाएको बताएका छन् तर अधिकारीलाई पदको दुरुपयोग गरेर १० लाखदेखि १३ लाख रुपैयासम्म लिई मानव तस्करी गरेर अनुचित ढंगबाट सम्पत्ति आर्जन गर्न खोजेको आरोप लागेको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सिफारिसमा सो पार्टीको सचिवालय बैठकले शनिबार पार्टी सदस्य सहित सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *