मुस्ताङको प्रदेश सभा (क) नेपाली कांग्रेसका नम्डु गरुङ विजयी , प्रदेश सभा (ख)को मतगणना जारी

मुस्ताङको प्रदेश सभा(क)मा नेपाली कांग्रेसका नम्डु गुरुङ १,०४८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का इन्द्रधारा विष्टले ७९३ मत पाउनु भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं.४ को वडाध्यक्षमा पराजीत नम्डु गुरुङले आईतबार सम्पन्न प्रदेश सभाको निर्वाचनमा भने यस अघि गण्डकी प्रदेश सभा सदस्य रहेका इन्द्रधारा विष्टलाई पराजीत गर्न सफल हुनु भएको हो ।

मुस्ताङको प्रदेश सभा (ख) को मतगणना जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *