मेयर हर्क साम्पाङ खोला ठेक्का नलगाउने पक्षमा उभिदा धरान तरङ्गित

धरान/ धरान उप-महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई धरान उप-महानगरपालिका भित्रका खोला ढुंगा , गिटी र बालुवा निकासीका लागि ठेक्का नलगाउने पक्षमा उभिएपछि यतिबेला धरान तरङ्गित बनेको छ । धरानको विकासको लागि धरान उप-महानगरपालिका भित्रका खोलाको ढुंगा, गिटी र बालुवा निकालेपनि धरान बाहिर निकासी गर्न भने रोक लगाउने पक्षमा उभिदा उक्त उप-महानगरपालिकाका केही जनप्रतिनिधिले त्यसप्रति असन्तुष्टि जनाएका छन् । जसले गर्दा मेयर साम्पाङले बुधबार बोलाएको सो उप-महानगरपालिकाको कार्यपालिकाको बैठकमा ती असन्तुष्ट वडाध्यक्ष अनुपस्थित हुँदा धरान उप-महानगरपालिकाको कार्यपालिकाको बैठक बस्न नसकेको जानकारहरुले बताएका छन् । मेयर साम्पाङ भने आफूलाई अवरोध गरे जनता सामू जाने र जनताले जे आदेश गर्छन् , त्यसलाई आफूले पालना गरेर अगाडि बढ्ने बताउनुभएको छ । मेयर साम्पाङको उक्त कदमलाई धेरैले प्रशंसा गरेको देखिएको छ । स्वच्छ , सफा र सुन्दर धरान बनाउने अभियानमा मेयर साम्पाङ लागिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *